site stats
बाह्रखरी :: Baahrakhari
खेल
पहिलो खेलमा चल्न सकेनन् डू प्लेसिस

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो डेब्यु खेलमा दक्षिण अफ्रिकाका चर्चित ब्याटर फाफ डू प्लेसिस सस्तैमा पभेलियन फर्किएका छन् । 

प्रतियोगिताअन्तर्गत बुधबार विराटनगर किंग्सबाट पहिलोपटक मैदान उत्रिएका डू प्लेसिसले लुम्बिनी लायन्सविरुद्ध १२ रनमात्र बनाउन सके । लुम्बिनीका अभिषेश गौतमले तेस्रो ओभरको अन्तिम बलमा डू प्लेसिसलाई विकेटकिपर निरोशन डिकवेलाबाट स्टम्प गरे । नौ बल खेलेका डू प्लेसिसले दुई चौका प्रहार गरे ।

लुम्बिनीविरुद्ध टस हारेर ब्याटिङमा आएको विराटनगरले नौ ओभरमा दुई विकेट गुमाएर ५६ रन बनाएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्