काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा बुधबार दर्ता भएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार, प्रतिवादीहरू सबैलाई १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो कायम गरिएको छ ।
हेलिप्याड निर्माणमा अनियमितता गरी राज्यलाई हानि पुर्याएर व्यक्तिगत लाभ लिएको अभियोग अधिकारीमाथि छ ।
क्यानका अधिकारीसँगै ६ जना र एक कम्पनीलाई प्रतिवादी बनाइएको छ । क्यानका निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, अभियन्त्र कन्सल्टिकङ प्रालिका निर्देशक विजय थापा, प्राइभेट इन्जिनियर गुरुदत्त थापा र अभियन्त्र कन्सल्टिङ प्रालि नयाँ बानेश्वरलाई प्रतिवादी बनाइएको छ ।