काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा साबिक विजेता जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध ब्याटिङ पावर प्लेमा उत्कृष्ट सुरुआत गरेको छ ।
मंगलबार (मंसिर १६) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले पहिलो ६ ओभरमा एक विकेट गुमाएर ५९ रन बनाएको छ । जनकपुरले चितवनले प्रस्तुत गरेको १७७ रनको लक्ष्य पछ्याइरहेको छ ।
हाल क्रिजमा रहेका माज सदाकतले २६ रन बनाएका छन् । अनिलकुमार शाह ६ रनमा खेलिरहेका छन् । पभेलियन फर्किएका ओपनर आसिफ शेखले १८ रन जोडे ।
चितवनका कमलसिंह ऐरिले एक विकेट लिए । उनले ५.१ ओभरमा जनकपुरका आसिफलाई बोल्ड गरेका थिए ।
चितवनले चार विकेट गुमाएर १७६ रन बनाएको थियो ।
प्लेअफ सम्भावना जीवित राख्न जनकपुर जितको दबाबमा छ । जनकपुर लगातार चार खेल हारेर पुछारमा छ । जनकपुर यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ ।
चितवनले चारमध्ये दुई खेल जितेको छ । चितवन यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ ।