site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार (मंसिर १६) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम छ । सोमबार (मंसिर १५) छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ५४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला तीन हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्