site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लगानी प्रवर्द्धन र सुरक्षाको प्रत्याभूति नीति आवश्यक : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रको मनोबल उकास्न लगानी प्रवर्द्धन र सुरक्षाको प्रत्याभूति नीति आवश्यक रहेको बताएका छन् । लामो समयदेखि शिथिल अर्थतन्त्रबाट प्रभावित उद्यमी व्यवसायीहरूलाई सहजता प्रदान गर्न लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिए ।

“लगानीमैत्री वातावरण निर्माणका लागि पहिलो आवश्यकता सुरक्षाको प्रत्याभूति नै हो,” उनले भने । नेपाल आर्थिक पत्रकार समाज सेजनको २९औँ वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले स्वदेशी लगानीकर्ताको मनोवल उकास्न सरकारले अविलम्व लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति हुने गरी नीतिगत व्यवस्था गर्नुपर्ने बताए ।

करिब ६ वर्षदेखि नै कोभिड–१९ को प्रभाव र त्यसपछिको अर्थतन्त्रको कुशल व्यवस्थापन हुन नसक्दा अर्थतन्त्र शिथिलताबाटै गुज्रिरहेको उनको भनाइ छ । 

 

 

 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्