site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भारत र चीनबाट पर्यटक लिएर आउने सवारीसाधनले सीमामा एकपटक शुल्क तिरे पुग्ने
फाइल तस्बिर ।

काठमाडौं । भारत र चीनबाट पर्यटक लिएर आउने सवारीसाधनले अबदेखि सीमानाकामा एकपटक मात्र पैठारी शुल्क तिरे पुग्ने भएको छ । गएको शुक्रबार (मंसिर १२) अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा बसेको अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठकबाट यस्तो निर्णय गरिएको हो ।

“छिमेकी मुलुकका पर्यटकलाई प्रोत्साहन गर्न नेपाल प्रवेश गर्ने सवारीले भन्सार विन्दुमा अस्थायी पैठारी शुल्क तिरेपछि तोकिएको दिनसम्म निर्बाध रूपमा नेपाल सरहदभित्र अन्य कुनै शुल्क नलिई सहज रूपमा आवागमन हुने व्यवस्था मिलाउने,” बैठकको निर्णयमा भनिएको छ ।

नेपालमा सबैभन्दा ठूलो संख्यामा पर्यटक भारत र चीनबाट आउने गरेका छन् । उनीहरूलाई थप प्रोत्साहन गर्दै पर्यटकको संख्या बढाउन सरकारले यस्तो निर्णय गरेको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्