देश
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पितृशोक परेको छ । उनका बुवा रामनारायण शाहको निधन भएको हो ।
आयुर्वेदिक चिकित्सक शाहको उपचारका क्रममा सोमबार (मंसिर १५) मध्याह्न करिब १२ बजे नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको जनाइएको छ ।
अस्पताल स्रोतका अनुसार, उपचारका निम्ति उनलाई आइतबार (मंसिर १४) सिभिल लगिएको थियो । “उहाँको आज १२ बजे निधन भएको हो,” अस्पताल स्रोतले बाह्रखरीसित भन्यो ।
स्रोतका अनुसार, शाहमा पिसाबसम्बन्धी समस्या देखिएको थियो ।
सोमबारै बिहान प्रधानमन्त्री सुशीला कार्की उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेकी थिइन् ।
*तस्बिर यसअघि अन्यथा परेकाले क्षयायाचनासहित सच्याइएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२ १३:०३
प्रतिक्रिया दिनुहोस्