site stats
बाह्रखरी :: Baahrakhari
खेल
सुदूरपश्चिमविरुद्ध सञ्जयको अर्धशतक

काठमाडौं । जनकपुर बोल्ट्सका सञ्जय कृष्णमुर्थीले नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक बनाएका छन् ।

शनिबार (मंसिर १३) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा उत्रिएको जनकपुरबाट सञ्जयले ३७ बलमा ५० रन पूरा गरे । उनले चार चौका र दुई छक्का प्रहार गरे ।

एनपीएलमा सञ्जयको यो पहिलो अर्धशतक हो । दोस्रो संस्करणमा भने जनकपुरबाट बनेको यो तेस्रो अर्धशतक हो । जनकपुरका ओपनर आसिफ शेख र वायन पार्नेलले अघिल्ला खेलमा अर्धशतक बनाएका थिए ।

जारी खेलको १७ ओभर सकिँदा जनकपुरले चार विकेट गुमाएर १२८ रन बनाएको छ ।

यो खेलमा जनकपुरले कप्तान परिवर्तन गरेको छ । सुदूरपश्चिमविरुद्ध जनकपुरले कप्तानी जिम्मेवारी दक्षिण अफ्रिकाका वायन पार्नेललाई दिएको छ । खेलमा नियमित कप्तान अनिलकुमार साह प्लेइङ–११ मा छैनन् ।

जनकपुर पहिलो जितको खोजीमा छ । सुदूरपश्चिम भने लगातार पाँचौँ खेल जित्दै प्लेअफ पुग्ने पहिलो टिम बन्ने लक्ष्यमा छ ।

 

 

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  १७:०३
प्रतिक्रिया दिनुहोस्