site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बुद्ध एयरको विमानमा चरा ठोक्कियो
फाइल तस्बिर ।

पोखरा । अवतरणका क्रममा बुद्ध एयरको एउटा विमान शनिबार (मंसिर १३) चरासँग ठोक्किएको छ ।

काठमाडौंबाट पोखरा उडान भरेको बुद्धको ९एन–एओसी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको थियो ।

चरा ठोक्किए पनि यात्रु र चालक दल सुरक्षित रूपमा अवतरण भएको बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णले जानकारी दिए ।

उनका अनुसार, विमानको प्राविधिक परीक्षण जारी छ । दुई हप्ताअगाडि पनि पोखरामा बुद्धकै विमानमा चरा ठोक्किएको थियो ।

 

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्