site stats
बाह्रखरी :: Baahrakhari
खेल
पोखराद्वारा लुम्बिनीलाई १५१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेञ्जर्सले लुम्बिनी लायन्सलाई जीतका लागि १५१ रनको लक्ष्य दिएको छ । 

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनायो । 

पोखराले सुरुआत राम्रो गरेन । पोखराले १५ रनमा दिनेश खरेललाई पहिलो विकेटका रुपमा र दोस्रो विकेटका रुपमा कप्तान कुशल भुर्तेललाई गुमायो । 

त्यसपछि आएका सुमित बर्माले खाता खोल्न सकेनन् । तिर्तराज दासले पनि जम्मा एक रन बनाए ।

सातौँ ब्याटरका रुपमा आएका जिमी निशम र ओपनर एडम रोसिङटनको जोडीले पाँचौँ विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी गर्‍यो । 

रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा ८१ रन बनाए भने निशमले ५१ रन बनाए । अर्धशतक बनाउने क्रममा निशमले तीन छक्का र तीन चौका प्रहार गरे  । 

लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई/दुई विकेट लिए भने गुलबदिन नाइबले एक विकेट लिए । रासस

 

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  १३:०९
प्रतिक्रिया दिनुहोस्