साहित्य
कुमाराज सुवेदी
होइन होला, छैनौ होला, भनेजस्ती तिमी
हौ कि बरु मनको छतकी लटरम्म फल
होइन, होइन बारी ढाक्ने, हरियाली सिमी
भान्सा मेरो नजिकै छ, छिट्टै झर्नु तल ।
कहिले बस्छ्यौ टोलाएर, कहिले मक्ख परी
देख्छु फरक भई हिँड्दा, तिम्रै जिउको छेउ
ठूलो भेल भयो जीवन, चल्छ नौका तरी
मीन भई कुर भित्र, बसौं बनी लेउ ।
सम्मान छ इच्छालाई, रहर गर्न पूरा
मेरा पनि छन् केही, बुझिदिनू मनले
मुस्कानले संसार जित्छ, डाह हुन्छ छुरा
कमलको फूल हो जीवन, के गर्ला र धनले ?
कमल हो म तिम्रो बन्छु, साउन र मंसिर
अटल रहोस् हिमालजस्तै, सगरमाथा त्यो शिर ।
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२ ०७:०९
प्रतिक्रिया दिनुहोस्