site stats
बाह्रखरी :: Baahrakhari
खेल
बाँकी खेल जितेर शीर्ष चारमा स्थान बनाउनेछौँ : सोमपाल कामी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टिम कर्णाली याक्सका कप्तान सोमपाल कामीले दोस्रो संस्करणमा शीर्ष चारमा स्थान बनाउने दाबी गरेका छन् । शुक्रबार कर्णालीले एनपीएलमा विराटनगर किंग्ससँग तीन विकेटको हार बेहोरेको थियो । हारका बाबजुद सोमपालले बाँकी तीन खेलमा सकारात्मक नतिजा ल्याउने जनाउँदै प्रतियोगिताको शीर्ष चारमा स्थान बनाउने दाबी गरेका हुन् । 

“आज धेरै गल्ती गर्यौं । जसका कारण हामीले हार बेहोर्‍यौँ । यो खेलको एउटा अंश हो । अझै तीन खेल बाँकी छ । हामी शीर्ष चारमा जसरी पनि स्थान बनाउनेछौँ । यसको निम्ति हामी तयार छौँ,” उनले भने, “आजको हारले निराश भइहाल्नुपर्ने अवस्था छैन । हामी बाँकी खेलमा जित हासिल गर्नेमा केन्द्रित छौँ । यी खेलमा उत्कृष्ट प्रदर्शन गरेर शीर्ष चारमा पुग्नुपर्छ ।” 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अन्तिम पाँच ओभरमा विराटनगरले ६९ रन बनाउँदै कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको थियो । हारसँगै तालिकाको पाँचौँ स्थानमा सीमित कर्णालीले सातमध्ये चार खेल खेल्दा एक जित र तीन हारसहित दुई अंक जोडेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  २२:३९
प्रतिक्रिया दिनुहोस्