site stats
बाह्रखरी :: Baahrakhari
खेल
जाँदाजाँदै टंकलाल घिसिङले भने : २०९ राष्ट्रिय खेल संघलाई २ अंकमा झारेँ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले २०९ वटा राष्ट्रिय खेलकुद संघलाई आफूले २ अंकमा झार्ने प्रतिबद्धता पूरा गरेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आफ्नो बिदाइ कार्यक्रममा घिसिङले वर्तमानमा खेल संघहरूको संख्या घटेर ६३ पुगेको बताए । "मैले २०९ राष्ट्रिय खेल संघलाई २ अंकमा झार्छु भनेर एउटा प्रतिबद्धता गरेको थिएँ । आज ६३ को संख्यामा राष्ट्रिय खेल संघ रहेको छ," घिसिङले भने ।

उनले चार वर्षे कार्यकालमा सक्रिय संघहरूमा निर्वाचन सम्पन्न गराएको र ५० भन्दा बढी खेल संगठनमा निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा सबैभन्दा बढी निर्वाचन भएको बताए ।

"चार वर्षको खेलकुदको इतिहासमा सबैभन्दा बढी निर्वाचन भएको कुनै कार्यकाल छ भने सायद मेरो होला," घिसिङले भने, "५० भन्दा बढी खेल संगठनमा निर्वाचन सम्पन्न भएको छ ।"

आगामी दिनमा नेपाली खेल क्षेत्रको पुनर्संरचना र यसका विवाद निरुपणको विषयमा आफूले सहभागिता जनाउने उनको भनाइ छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्