site stats
बाह्रखरी :: Baahrakhari
खेल
विराटनगरविरुद्ध कर्णालीको सुस्त सुरुआत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले पहिलो पावर प्लेमा सुस्त सुरुआत गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको कर्णालीले पहिलो ६ ओभरमा एक विकेट गुमाएर ३७ रन बनाएको छ । 

कर्णालीबाट हाल क्रिजमा रहेका प्रियांक पन्चाल १४ र विलियम बोसिस्टो ११ रनमो खेलिरहेका छन् ।

कर्णालीको यो चौथो खेल हो । कर्णालीले यसअघि लुम्बिनी लायन्सलाई नौ विकेटले पराजित गर्दा सुदूरपश्चिम रोयल्सविरुद्ध ४५ रन र चितवन राइनोजसँग चार विकेटको हार व्यहोरेको छ ।

यता, विराटनगरको भने पाँचौँ खेल हो । विराटनगरले यसअघि पहिलो, दोस्रो र तेस्रो खेलमा क्रमशः पोखरा एभेन्जर्सलाई ५३ रन, काठमाण्डू गोर्खाजलाई पाँच विकेट र जनकपुर बोल्ट्सलाई नौ रनले पराजित गरेको थियो । तर, चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएपछि टिमको अपराजित यात्रामा ब्रेक लागेको थियो ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्