site stats
बाह्रखरी :: Baahrakhari
खेल
पावर प्लेमा चितवनविरुद्ध काठमाण्डूको मध्यम सुरुआत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत चितवन राइनोजविरुद्ध काठमाण्डू गोर्खाजले ब्याटिङ पावर प्लेमा मध्यम सुरुआत गरेको छ । शुक्रबार (मंसिर १२) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डूले पहिलो ६ ओभरमा तीन विकेट गुमाए ३९ रन बनाएको छ ।

हाल क्रिजमा रहेका जोन सिम्पसनले १४ रन जोडेका छन् । मिलिन्द कुमारले एक रन बनाएका छन् ।

पभेलियन फर्किएका ओपनर बेन चार्ल्सवर्थले १३ रनको योगदान गरे । आकाश त्रिपाठीले चार रन जोडे । आकाश दोस्रो ओभरको अन्तिम बलमा रनआउट भएका थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका राशिद खानले ६ रन बनाए ।

चितवनका रञ्जित कुमार र साहेल तान्विरले समान एक विकेट लिए ।

काठमाण्डूको यो पाँचौँ खेल हो । काठमाण्डूले यसअघि लुम्बिनी लायन्सलाई २२ रन र जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । काठमाण्डूले विराटनगर किंग्ससँग पाँच विकेटको हार र सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।

चितवनको भने यो चौथो खेल हो । चितवनले यसअघि विराटनगर किंग्सलाई ४८ रन र कर्णाली याक्सलाई चार विकेटले हराएको थियो । चितवनले लुम्बिनी लायनससँग ६ विकेटको हार व्यहोरेको थियो ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्