site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पूर्वी नाकाबाट हुने चिया निर्यात ३७ प्रतिशतले घट्यो

झापा । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो चौमासकमा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँबराबरको चिया निर्यात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो ।

गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो । 

गत आवको सोही अवधिमा दुई अर्ब २० करोड ४८ लाख ४० हजार रुपैयाँबराबरको चिया निर्यात भएको थियो । यो चालु आवमा ८३ करोड १७ लाख ६२ हजार रुपैयाँले कम हो । रासस

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्