site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला २२ सय रुपैयाँ बढेको छ । 

बिहीबार दुई लाख ४८ हजार ४०० रहेको छापावाल सुन शुक्रबार प्रतितोला दुई लाख ५० हजार ६०० रुपैयाँ पुगेको हो ।

चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ बढेको छ । बिहीबार तीन हजार २८० रुपैयाँ रहेको प्रतितोला चाँदी ६५ रुपैयाँ बढेर तीन हजार ३४५ रुपैयाँ पुगेको हो ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्