देश
काठमाडौं । जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार कैदीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।
जिउ मास्ने बेच्ने मुद्दामा जगन्नाथदेवल महिला बन्दीगृहमा सजाय भुक्तान गरिरहेकी ओखलढुंगा गाउँपालिका–९ की सरिता सुवेदीलाई सीआईबीले पक्राउ गरेको हो ।
उनलाई बुधबार नागार्जुन नगरपालिका–२ ठूलोभर्याङबाट पक्राउ गरी जगन्नाथदेवलमा पेस गरिएको सीआईबीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२ १६:५३
प्रतिक्रिया दिनुहोस्