site stats
बाह्रखरी :: Baahrakhari
खेल
'पावर प्ले'मा सुदूरपश्चिमको मध्यम सुरुआत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो 'पावर प्ले'मा मध्यम सुरुआत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याइरहेको सुदूरपश्चिमले पहिलो 'पावर प्ले' (६ ओभर) मा दुई विकेट गुमाएर ४४ रन बनाएको छ ।

सुदूरपश्चिमबाट हाल क्रिजमा रहेका ओपनर विनोद भण्डारी र आरिफ सेख क्रमशः १८ र शून्य रनमा खेलिरहेका छन् ।

त्यसअघि सुदूरपश्चिमले अर्का ओपनर जस ब्रोनलाई नौ रनमा र क्रिस लिनलाई १६ रनमा गुमाएको थियो ।

लुम्बिनीका रुबेन ट्रम्पेलमन र अभिषेश गौतमले समान एक–एक विकेट लिए ।

सुदूरपश्चिमले अहिलेसम्म खेलेका तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकामा शीर्ष स्थान बनाएको छ । सुदूरपश्चिमले यसअघि काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको, पोखरा एभेन्जर्सविरुद्ध १८ रनको र कर्णली याक्सविरुद्ध ४५ रनको जित निकालेको थियो । 

यता, प्रतियोगितामा लुम्बिनी लायन्सको प्रदर्शन भने मिश्रित देखिएको छ । तीन खेल खेल्दा लुम्बिनीले एक जित र दुई हार व्यहोरेको छ । आजको खेलमा पनि हार व्यहोरे लुम्बिनीको प्लेअफ समीकरण कठिन बन्ने देखिन्छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्