देश
काठमाडौं । अवैध जडीबुटी तथा नगदसहित दुई जना पक्राउ परेका छन् ।
काठमाडौं–१६ नयाँबजार एरियाबाट दुई जनालाई सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा नयाँबजार बस्ने ३७ वर्षीय चीनियाँ नागरिक मा मासु र काठमाडौ–३१ घर भएका ३६ वर्षीय नबिला बानु रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट नगद २० लाख, यार्सागुम्बा, कीटपतंग गुच्ची च्याउ, तौल गर्ने मेसिनलगायतका सामान संकलन, ओसारपसार तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२ १२:१८
प्रतिक्रिया दिनुहोस्