site stats
बाह्रखरी :: Baahrakhari
खेल
महत्त्वपूर्ण विकेट छिट्टै गुमाएका कारण हार व्यहोर्न पुग्यौँ : शेर मल्ल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टिम लुम्बिनी लायन्सका स्पिनर शेर मल्लले महत्त्वपूर्ण विकेट गुमाएको कारण आफ्नो टोली काठमाण्डू गोर्खाजसँग पराजित भएको बताएका छन् । मंगलबार मल्लले काठमाण्डूसँगको हारपछि यस्तो प्रतिक्रिया दिएका हुन् । 

“हामीले केही महत्त्वपूर्ण विकेट छिट्टै गुमाउन पुग्यौँ । महत्त्वपूर्ण खेलाडीहरू सजिलै क्याच आउट हुन पुगे । यसले गर्दा हामीले हार बेहोर्न पुग्यौँ,” मल्लले भने । 

काठमाण्डूले लुम्बिनीलाई मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा २१ रनले पराजित गरेको थियो । लुम्बिनीले काठमाण्डूले प्रस्तुत गरेको १५९ रनको लक्ष्य पछ्याउने क्रममा १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रन मात्र बनाएको हो ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  २३:०७
प्रतिक्रिया दिनुहोस्