site stats
बाह्रखरी :: Baahrakhari
खेल
आशा गरिएका ब्याटरले राम्रो खेलेनन् : प्रशिक्षक बस्न्यात

काठमाडौं । कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले आशा गरिएका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा हार व्यहोरेको बताएका छन् । 

सोमबार सुदूरपश्चिम रोयल्सलाई नतिजा सुम्पिँदै दोस्रो हार बेहोरेपछि कर्णालीका प्रशिक्षक बस्न्यातले यस्तो बताएका हुन् । मिडल अर्डरमा राम्रा ब्याटर रहेकाले पूरै २० ओभर खेल्दा लक्ष्य सहजै भेट्याउनु खालको रहेको बताए । तर, उनीहरूले आफ्नो क्षमता अनुरुप खेल्न नसक्दा हार व्यहोर्नुपरेको उनको भनाइ छ । 

उनले ब्याटिङ गर्न असहज हुने खालको नरहेको स्पष्ट पारे । सुदूरपश्चिमले अन्तिम ५ ओभर खेल्दा नै ब्याटिङका लागि पिचले मद्दत गरेको उल्लेख गरे । प्रशिक्षक बस्न्यातले अझै चार खेल बाँकी रहेको र त्यसमा राम्रो गर्दै प्लेअफमा पुग्न मिहेनत गर्ने आशा व्यक्त गरेका छन् । 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  २०:२९
प्रतिक्रिया दिनुहोस्