site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानमन्त्री कार्यालयभित्रै जेनजी अगुवाबीच भनाभन

काठमाडौं । प्रधानमन्त्री कार्यालयभित्रै जेनजी अगुवाहरूबीच भनाभन भएको छ । सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका जेनजी अगुवाहरू ओजस्वीराज थापा र सुप्रिया राज्यलक्ष्मी शाहीबीच भनाभन भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उनीहरूबीचको भनाभन ‘तँ–तँ र म–म’को स्थितिमा पुगेको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नातेदार नियुक्तिको विरोध जनाउन पुगेका जेनजी अगुवाबीच नै विवाद भएको हो ।

प्रधानमन्त्री कार्की भने उनीहरूलाई भेट्दै नभेटी सिंहदरबारबाट बाहिरिएकी छन् ।

 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्