काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम विराटनगर किंग्सका कप्तान तथा मार्की प्लेयर सन्दीप लामिछानेले टिम जितमा रमाइरहेको बताएका छन् ।
विराटनगरले सोमबार एनपीएलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको थियो । यही जित प्रति सन्दीपले सन्तुष्टि व्यक्त गर्दै विराटनगर जितमा रमाइरहेको बताएका हुन् ।
“विराटनगर जितमा रमाइरहेको छ । हामी टिमको योजनामा प्रतिबद्ध छौँ । यो नतिजा प्रति सबै सन्तुष्ट छौँ,” कप्तान सन्दीपले भने ।
सन्दीपले सोमबार विराटनगरको जितमा चार विकेट लिएका थिए । यो जितसँगै विराटनगरले ६ अंक जोडेको छ ।
विराटनगरले पहिलो, दोस्रो र तेस्रो खेलमा क्रमशः पोखरा एभेन्जर्सलाई ५३ रन, काठमाण्डू गोर्खाजलाई पाँच विकेट र जनकपुर बोल्ट्सलाई नौ रनले पराजित गरेको थियो ।