site stats
बाह्रखरी :: Baahrakhari
खेल
पावर प्लेमा सुदूरपश्चिमको खराब सुरुआत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो पावर प्लेमा खराब सुरुआत गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले पहिलो पावर प्ले (६ ओभर) को समाप्तिमा दुई विकेट गुमाएर २७ रन बनाएको छ ।

सुदूरपश्चिमले इनिङको पहिलो बलमै ओपनर जस ब्रोनलाई गुमाएको थियो । यस्तै, ४.४ ओभरमा अर्का ओपनर विनोद भण्डारी पनि ११ रन बनाएर पभेलियन फर्किए ।

कर्णालीका सोमपाल कामी र विपीन शर्माले समान एक–एक विकेट लिए ।

 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्