देश
काठमाडौं । काभ्रेपलाञ्चोकमा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पनौती नगरपालिका–७ का ३५ वर्षीय रिजन सैँजूसहितका व्यक्तिहरू छन् ।
पनौती–९, भण्रीगाउँस्थित एक रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा आइतबार (मंसिर ७) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद तीन लाख ६ हजार ४५५ रुपैयाँ, १६ थान कौडा र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२ १५:२९
प्रतिक्रिया दिनुहोस्