site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बचत रकम फिर्ताको माग गर्दै सहकारीपीडित धर्नामा

काठमाडौं । बचत रकम फिर्ताको माग गर्दै सहकारीपीडित सोमबार (मंसिर ८) पनि धर्नामा बसेका छन् । पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालयअगाडि धर्ना दिएका हुन् ।

सरकारले सहकारीपीडित बचतकर्ताको रकम फिर्ता गर्ने कार्यलाई निरन्तरता नदिएकाले धर्नामा बस्नुपरेको उनीहरूले बताएका छन् । बचत रकम फिर्ताको माग गर्दै गएको शुक्रबार (मंसिर ५)देखि सहकारीपीडित धर्नामा बस्दै आएका छन् ।

उनीहरूले सहकारी ‘बचतकर्ताको मागलाई राजपत्रमा प्रकाशित गर’, ‘पीडितलाई पीडा दिएर पीडकलाई साथ दिने राजनीतिक मतियार राजीनामा दे’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

रहरले नभई दुःख गरी कमाएर भविष्यका निम्ति भनेर राखेको बचत फिर्ताका लागि आन्दोलनमा उत्रिएको उनीहरूको भनाइ छ । आन्दोलनरत एक सहकारीपीडितले राज्यले आफूहरूको पीडा नसुनेको भन्दै दुखेसो पोखे ।

आफूहरूको बचत फिर्ता नगरिएसम्म आन्दोलन जारी राख्ने उनले चेतावनी दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्