site stats
बाह्रखरी :: Baahrakhari
खेल
एएफसी यू–१७ एसियन कप छनोट : म्यानमारसँग भिड्दै नेपाल

काठमाडौं । एएफसी यू–१७ एसियन कप छनोटअन्तर्गत नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै छ । 

खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपालले यसअघि सम्पन्न पहिलो खेलमा सिरियासँग ४–२ को हार व्यहोरेको थियो । 

म्यानमार भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । म्यानमारले यसअघि सम्पन्न पहिलो खेलमा अफगानिस्तानलाई ३–१ ले पराजित गरेको थियो ।

 प्रतियोगिताको समूह ‘जी’अन्तर्गत हुन लागेको यो खेल म्यानमारको थुवून्ना रंगशालामा नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ । 

तालिकामा नेपाल हालसम्म अंक जोड्न सकेको छैन । यानमार तीन अंकका साथ दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  ०८:३६
प्रतिक्रिया दिनुहोस्