site stats
बाह्रखरी :: Baahrakhari
देश
७.८ डिग्रीमा झर्‍यो काठमाडौंको न्यूनतम तापक्रम, जुम्लामा –४.९
फाइल तस्बिर ।

काठमाडौं । पछिल्ला दिन तापक्रम घट्दा चिसो बढिरहेको छ । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार (मंसिर ७) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन गरिएको छ । सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम शनिबार (मंसिर ६) ८.५, शुक्रबार (मंसिर ५) ११ डिग्री थियो ।

आइतबार बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –४.९ डिग्री छ । जुम्लाको न्यूनतम तापक्रम शनिबार –४, शुक्रबार –२.३ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।

यस दिन डडेलधुराको न्यूनतम तापक्रम ५.३, वीरेन्द्रनगरको ८, ताप्लेजुङको ८.३, धनकुटाको ८.५, ओखलढुंगाको ८.८, घोराहीको १० डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

काठमाडौंमा हालसम्मकै न्यून तापक्रम सन् १९७८ मा मापन गरिएको थियो । सन् १९७८ जनवरी ११ मा काठमाडौंको न्यूनतम तापक्रम माइनस ३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

देशमा हाल मौसमसम्बन्धी कुनै चेतावनी जारी गरिएको छैन । यहाँ कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ ।

adfsg-1763869330.JPG
 

 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्