site stats
बाह्रखरी :: Baahrakhari
देश
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट माडी नगरपालिका–१ सेरुवाका ६२ वर्षीय फिरल महतोको घटनास्थलमा नै मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पैदलयात्रीलाई ठक्कर दिएसँगै बस अनियन्त्रित भई खेतमा खस्दा बसमा सवार दुईजना घाइते भएका छन् ।

घाइते दुवै जनाको बघौडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  ०८:०४
प्रतिक्रिया दिनुहोस्