site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थिति गराउन आदेश गरेको छ । 

प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊसहित प्रतिवादीलाई उपस्थिति गराउने आदेश गरेको हो । 

प्रशासनले अनुमति नदिएकै बखत विरोध प्रदर्शनको धम्की दिएपछि उनलाई सार्वजनिक शान्तिविरुद्धको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासनको अनुमतिमा म्याद थप गरी थुनामा राखिएको छ । प्रसाईंको थुना गैरन्यायिक भन्दै थुनामुक्त गर्न माग गरेर छोरा निराजनले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्