site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर’ सञ्चालनका लागि डा. सिंहको नेतृत्वमा कार्यदल गठन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपालमा ‘स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर’ सञ्चालनका लागि आवश्यक प्रकृया अघि बढाउने भएको छ ।

राखेपले आइतबार ‘स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर’ सञ्चालनको स्वीकृतिका सम्बन्धमा आवश्यक प्रकृया अघि बढाउन डा. अभिषेक सिंहको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलको संयोजकमा डा. सिंह रहँदा सदस्यमा डा. घनश्याम पाण्डे र राखेपका प्रशासकीय अधिकृति दोबे तामाङ छन् ।

राखेपका अनुसार समितिसँग ९० दिनको कार्यसमय रहने छ । कार्यदलका संयोजक सिंह नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वचिकित्सकसमेत हुन् । उनले पोखरा विश्वविद्यालयबाट ‘मास्टर्स इन हस्पिटल एड्मिनिस्ट्रेसन’ अध्ययन पूरा गरेका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्