खेल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सका ओपनर प्रियांक पन्चाल शतक बनाउन १० रनले चुकेका छन् ।
मंगलबार (मंसिर २) चितवन राइनोजविरुद्ध टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीबाट १६औँ ओभरमा पभेलियन फर्किनुअघि पन्चालले ९० रन बनाए । यसक्रममा उनले ४८ बल खेल्दा सात चौका र ६ छक्का प्रहार गरे । उनले २८ बलमा अर्धशतक पूरा गरेका थिए ।
पन्चाललाई रवि बोपाराले देव खनालबाट क्याच गराए ।
जारी खेलको १६ ओभर सकिँदा कर्णालीले दुई विकेट गुमाएर १२४ रन बनाएको छ । हाल कर्णालीबाट क्रिजमा रहेका मार्क वाट १० र पवन सर्राफ शून्यमा खेलिरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२ १३:११
प्रतिक्रिया दिनुहोस्