site stats
बाह्रखरी :: Baahrakhari
खेल
एफसी एसियन कप छनोट : मलेसियाविरुद्ध खेल्दै नेपाल
फाइल तस्बिर ।

काठमाडौं । एफसी एसियन कप छनोटमा नेपालले आज (मंगलबार) मलेसियाविरुद्ध खेल्दै छ । नेपालले छनोटको तेस्रो चरणअन्तर्गत मलेसियासँग खेल्न लागेको हो ।

खेल मलेसियाको क्वालालम्पुरस्थित बिकसित जलिल नेनिल रंगशालामा नेपाली समयानुसार ६ः४५ बजे सुरु हुनेछ ।

खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । छनोटमा चार खेल खेलिसकेको नेपाल हालसम्म जितविहीन छ ।

मलेसिया भने आफ्नो अपराजित यात्रा कायम राख्ने प्रयासमा हुनेछ । चार खेल खेलेको मलेसियाले शतप्रतिशत नतिजा निकालेको छ ।

समूह ‘एफ’मा रहेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्