site stats
बाह्रखरी :: Baahrakhari
देश
बाला चतुर्दशी मेला : पशुपति जाँदा कहाँ गर्ने सवारीसाधन पार्किङ ?
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा आज (मंसिर २) बाला चतुर्दशी मेला लाग्दै छ । यस दिन दिवंगत पितृका नाममा बत्ती बाल्ने गरिन्छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुका पशुपति क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने गरिन्छ । यसको भोलिपल्ट अर्थात् मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरेपछि मेला समापन हुन्छ ।

पितृका नाममा बत्ती बाल्न र शतबीज छर्न ठूलो संख्यामा श्रद्धालु पशुपति पुग्ने गर्छन् । यसै अवसरमा हुने भीडभाडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सवारीसाधन पार्किङको व्यवस्था मिलाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, रातोपुल र कालोपुलतर्फबाट जाने धर्मावलम्बी र सुरक्षाकर्मीका सवारीसाधन सिफल चौरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

मेलामा शिविर सञ्चालन गर्ने संघसंस्था, दमकल, एम्बुलेन्स र धर्मावलम्बीका सवारीसाधन वनकालीमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

एयरपोर्टतर्फबाट जाने धर्मावलम्बीका सवारीसाधन तिलगंगा आँखा अस्पताल क्षेत्रमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

उमाकुण्ड/गौरीघाट क्षेत्रमा पार्किङ निषेध गरिएको कार्यालयले जनाएको छ ।

adsfgm-1763437470.jpg
 

 

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  ०९:३०
प्रतिक्रिया दिनुहोस्