site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
साहित्यकार सृजन लम्साल पुरस्कृत

काठमाडौं । भूगोल साहित्य समाजले साहित्यकार सृजन लम्साल (पूर्णचन्द्र शर्मा लम्साल)लाई ‘झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार २०८२’ प्रदान गरेको छ ।

सोमबार काठमाडौंमा समाजको छैठौँ साधारणसभाका अवसरमा कथाकार हिरण्यकुमारी पाठकले उक्त पुरस्कार प्रदान गरिन् । पुरस्कारका साथ नगद राशि २५ हजार २५ रुपैयाँ समेत प्रदान गरिएको थियो । 

यसअघि यो पुरस्कार अग्रज नियात्राकार देवीचन्द्र श्रेष्ठ, कवि तथा अनुवादक रामबहादुर पहाडी र कथाकार हिरण्यकुमारी पाठकलाई प्रदान गरिएको थियो । उक्त  पुरस्कार कवि ओम आचार्यले स्थापना गरेका हुन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्