site stats
बाह्रखरी :: Baahrakhari
देश
काभ्रेमा तास खेलिरहेका १० जना समातिए

काठमाडौं । काभ्रेपलाञ्चोकमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पनौती नगरपालिका–४, बसपार्कस्थित मणिक श्रेष्ठले सञ्चालन गरेको होटेलमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

शनिबार (कात्तिक २९) राति उनीहरूलाई पक्राउ गरिएको हो । नगद २९ हजार २३० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्