site stats
बाह्रखरी :: Baahrakhari
देश
उदयपुरमा बलात्कार आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । उदयपुरमा बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–७, रिस्कुका ५५ वर्षीय एनसिंह राई छन् ।

६० वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (कात्तिक २८) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

राईले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्