site stats
बाह्रखरी :: Baahrakhari
खेल
एन्फा प्रेसिडेन्ट लिग : सेमिफाइनल खेल्ने चारै टोलीको टुंगो लाग्यो

काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइनल खेल्ने चारवटै टिमको टुंगो लागेको छ । शुक्रबार काँक्रेविहार फुटबल क्लबले गाईघाट एफसीलाई ५–३ ले पराजित गर्दै चोथो टिमको रूपमा सेमिफाइनल प्रवेश गरेको हो । 

यसअघि समूह ‘ए’ बाट नव जनजागृति युवा क्लब र चित्लाङ फुटबल क्लब, समूह ‘बी’ बाट लालीगुराँस एसोसियसन क्लबले सेमिफाइनलमा स्थान बनाएका थिए । जसमा नव जन जागृति र चित्लाङले समूह ‘ए’ को विजेता र उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । 

त्यसैगरी, लालीगुराँस र काँक्रेविहारले समूह ‘बी’ को विजेता र उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको हो । 

अब, सेमिफाइनलमा नव जनजागृतिले चित्लाङ एफसी तथा काँक्रेबिहारले लालीगुराँस एसोसिएसन क्लबसँग खेल्ने छ । 

शुक्रबार काँक्रेविहारले सेमिफाइनलमा प्रवेश गर्नेक्रममा गाईघाट फुटबल क्लबलाई ५–३ ले पारजित गर्‍यो । काँक्रेविहारको जितमा अनिश घर्ती क्षेत्रीले चार गोल गर्दा गणेश पुलामी मगरले एक गोल गरे । जवाफमा गाईघाटका प्रविण राईले दुई गोल गर्दा टोलीका दिवस श्रेष्ठले एक गोल फर्काएका थिए । 

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आगामी मंसिर ९ गतेदेखि राष्ट्रिय लिग सुरु हुने तालिका छ । लिगमा यी चार टिमसँगै शीर्ष डिभिजन लिगमा ६ गरी कुल १० टिमले प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  २२:५१
प्रतिक्रिया दिनुहोस्