काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार कास्कीको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्रान्डमा वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले सेयरधनीहरूलाई हाल कायम चुक्तापुँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै, साधारणसभाले विकास बैंकको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको विकास बैंकको २०८२ असार मसान्तको वासलात, आव २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत सोसँग सम्बन्धित अनुसूचीहरू पारित गर्ने तथा आव २०८२/८३ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्नेलगायत प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले विशेष प्रस्तावअन्तर्गत हालको अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब १० करोड रुपैयाँ पुर्याउने, काठमाडौंस्थित लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालयमा अवस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने, हालको छाप र लोगो परिवर्तन गर्ने, प्रबन्धपत्र, नियमावली संशोधन गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।
हाल विकास बैंकको चुक्तापुँजी पाँच अर्ब ६८ करोड पाँच लाख १७ हजार ३२७ रुपैयाँ र ५७ पैसा रहेकोमा यस वार्षिक साधारणसभाबाट पारित भएको ६ प्रतिशत बोनस सेयर वितरणपश्चात् विकास बैंकको जारी तथा चुक्तापुँजी ६ अर्ब दुई करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा पुग्नेछ ।
देशभर १२६ शाखा कार्यालय र ५१ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।