site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाली दूतावासले भन्यो– पोर्चुगलमा कामदार भिसा बन्द भइसक्यो, नठगिनू

काठमाडौं । पोर्चुगलस्थित नेपाली राजदूतावासले कामदार भिसामा रोजगारीको प्रलोभन देखाएर हुन सक्ने ठगीबाट जोगिन आग्रह गरेको छ ।

लिस्बनस्थित दूतावासले बुधबार एक प्रेस विज्ञप्तिमार्फत पोर्चुगल सरकारले २३ अक्टोबर २०२५ देखि लागु हुने गरी 'उच्च दक्ष' कामदारबाहेक अन्य सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको स्मरण गराएको छ ।

तर, पनि पोर्चुगलमा काम लगाइदिने प्रलोभनमा देखाएर ठगी गर्ने प्रयास भइरहेको बुझिएको दूतावासले जनाएको छ ।

"यस्ता गतिविधिमा कोही नलाग्न तथा कसैको बहकाउमा लागेर ठगिनबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउनु हुन समेत सम्बन्धित सबैमा अनुरोध गरिएको छ," विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्