site stats
बाह्रखरी :: Baahrakhari
खेल
बंगलादेशविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती–११ सार्वजनिक
फाइल तस्बिर ।

काठमाडौं । बंगलादेशविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको सुरुआती–११ सार्वजनिक भएको छ । बिहीबार नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले किरणकुमार लिम्बुको कप्तानीमा आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेका हुन् । 

खेलमा दुवै टोली जितको खोजीमा छ । यसअघि काठमाडौंस्थित दशरथ रंगशालामा गत सेप्टेम्बर ५ मा सम्पन्न पहिलो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । खेल बंगलादेशको ढाकास्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समयअनुसार बेलुका ७ः४५ बजे हुनेछ ।

यस्तो छ सुरुआती–११ : सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, लाकेन लिम्बु, सुमित श्रेष्ठ, अञ्जन विष्ट, किरणकुमार लिम्बु, आयुष घलान, मणिकुमार लामा, मनिष डांगी, रोहित चन्द

an-1763039560.png
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १८:५७
प्रतिक्रिया दिनुहोस्