खेल
काठमाडौं । चित्लाङ फुटबल क्लबले एन्फा प्रेसिडेन्ट लिगमा जनजागृति युवा क्लबविरुद्ध २–० को सहज जित निकालेको छ । बिहीबार (कात्तिक २७) हेटौँडाको गौरीटार रंगशालामा जित दिलाउन टोलीका विज्ञान खड्का र मदन स्याङताङले समान एक गोल गरे ।
चित्लाङले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको थियो । खेलको १३औँ मिनेटमा चित्लाङलाई विज्ञानले अग्रता दिलाए । ७०औँ मिनेटमा मदनले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
जितसँगै समूह ‘ए’ मा रहेको चित्लाङ तालिकामा सात अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । चित्लाङले कुल चार खेलमा दुई जित र समान एक बराबरी र हारसहित यो नतिजा आत्मसाथ गरेको हो । चित्लाङले जितसँगै नकआउट चरण सम्भावना जीवित राखेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२ १६:२४
प्रतिक्रिया दिनुहोस्