site stats
बाह्रखरी :: Baahrakhari
देश
रवि र छविको मुद्दामा बहस जारी
रवि लामिछाने (बायाँ) र छविलाल जोशी ।

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको निवेदनमाथि बिहीबार (कात्तिक २७) पनि उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सुनुवाइ भइरहेको छ ।

रवि र छवि बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी आरोपमा थुनामा छन् । न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासमा सुनुवाइ भइरहेको हो ।

यति बेला रविका पक्षबाट बहस भइरहेको छ । मधेस प्रदेशका पूर्वन्याधिवक्ता दीपेन्द्र झा, डा. नारायण कँडेल र महेन्द्र पाण्डेले बहस गरिरहेका छन् ।

रविले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् । रविले बिगोबराबरको बैंक ग्यारेन्टी बुझाए पनि यसअघि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि उच्च अदालत गएका हुन् ।

रवि तत्कालीन गोर्खा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक थिए । छवि तत्कालीन गोर्खा मिडियाका सञ्चालक थिए । उनीहरूका निवेदनमा यही कात्तिक २० गतेको यही इजलासले सुरु मिसिल झिकाउने आदेश गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्