site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा १८ किलोमिटर कालोपत्र

तनहुँ । पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमि (दुई लेन) कालोपत्र सम्पन्न भएको छ । यो खण्ड कुल ३८ किलोमिटर लामो हो । हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । 

उक्त खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार, हालसम्म यो सडकको भौतिक प्रगति ५९.८९ प्रतिशत छ । वित्तीय प्रगति ४७.८० प्रतिशत प्रगति भएको छ ।

उनले भनिन्, “२९.६१ किमिमा दुईतर्फी (चार लेन) र ७.७९ किमि सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ ।” 

चालु आवमा १४ किमि कालोपत्र कार्य भएको छ । सोही अवधिमा दुई कल्भर्ट निर्माण गरिएको छ । पश्चिम खण्डका १२ मध्ये ११ पुल र १०५ कल्भर्ट पनि निर्माण गरिएको छ ।

सहरी क्षेत्रमा ‘सर्भिस लेन’सहित ६ लेनको सडक बनाइनेछ । अन्यत्र चार लेनको सडक बनाइनेछ । आयोजनाका अनुसार, पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म ६ लेनको सडक हुनेछ । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १०:०६
प्रतिक्रिया दिनुहोस्