site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
फोनपेले १९ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । विसं. २०८२ कात्तिक २४ गते (सोमबार) भएको सभामा आर्थिक वर्ष ०८१/८२ को वार्षिक वित्तीय विवरण, लेखापरीक्षक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरिएका छन् ।

फोनपे कम्पनीका सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीहरूलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

स्वतन्त्र सञ्चालकका रूपमा पुनः सशीन जोशीलाई पुनर्नियुक्त गर्ने र आर्थिक वर्ष ०८२/८३ का लागि एनबीएसएमएण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

सभाले विशेष प्रस्तावमार्फत फोनपे कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने तथा निकट भविष्यमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने निर्णय पनि गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्