काठमाडौं । काँक्रेविहार युथ क्लबले एन्फा प्रेसिडेन्ट लिगमा टाइगर्स टिम नेपालविरुद्ध १–० को कठिन जित निकालेको छ ।
सोमबार (कात्तिक २४) काँक्रेविहारलाई हेटौँडाको गौरीटार रंगशालामा जित दिलाउन टोलीका रोमन भुजेल निर्णायक बने । रोमनले दिलाएको अग्रतालाई नै अन्तिम समयसम्म जोगाउँदै टोलीले जित पक्का गरेको हो । रोमनले ६३औँ मिनेटमा काँक्रेविहारलाई अग्रता दिलाएका थिए ।
जितसँगै काँक्रेविहारले लिगमा चार अंक जोडेको छ । काँक्रेविहारले दुई खेल खेल्दा समान एक जित र बराबरीसँगै यो नतिजा आत्मसाथ गरेको हो ।
लिगअन्तर्गत आज बिहान भएको खेलमा नव जनजागृति क्लबले गाईघाट क्लवविरुद्ध २–० को सहज जित निकालेको छ । जागृतिको जितमा टोलीका नवीन न्यौपाने र विकास दर्लामीले समान एक गोल गरे ।
जितसँगै जागृतिले तालिकामा समान एक जित र बराबरीसहित चार अंक जोडेको छ ।