site stats
बाह्रखरी :: Baahrakhari
देश
चन्द्रागिरिबाट कौडा खेलिरहेका २२ जना पक्राउ, १७ लाख रुपैयाँ बरामद
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको चन्द्रागिरिबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त, थानकोटको टोलीले उनीहरूको साथबाट १७ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ ।

थानकोट प्रहरीका अनुसार, उनीहरूलाई विशेष सूचनाको आधारमा सोमबार साँझ पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरूको साथबाट नगदसहित कौडा खेल्न प्रयोग हुने सामग्री पनि बरामद गरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  २१:३५
प्रतिक्रिया दिनुहोस्