site stats
बाह्रखरी :: Baahrakhari
देश
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि केही स्थानमा वर्षाको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  ०६:१०
प्रतिक्रिया दिनुहोस्