काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ पुस्ताको वाईफाई प्रविधि ‘वर्ल्डलिंक सिक्सजी’ सार्वजनिक गरेको छ । नक्सालस्थित होटेल म्यारियटमा आयोजना गरिएको विशेष समारोहमा उक्त प्रविधिको औपचारिक शुभारम्भ गरिएको हो ।
वर्ल्डलिंकले प्रस्तुत गरेको वाईफाई सिक्स प्रविधि अहिलेको वाईफाई फाइजीभन्दा ४० प्रतिशत बढी दायरा र चार गुणासम्म तीव्र गतिको क्षमता प्रदान गर्ने जनाइएको छ । यसले घरदेखि कार्यालयसम्मको इन्टरनेट प्रयोगलाई अझ सहज, भरपर्दो र स्थिर बनाउने कम्पनीको दाबी छ ।
कार्यक्रममा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले नयाँ प्रविधिको उद्घाटन गर्दै भने, “वाईफाई ६ नेपाललाई स्मार्ट, छरितो र प्रभावकारी डिजिटल युगतर्फ लैजाने महत्त्वपूर्ण कदम हो । वर्ल्डलिंक सधैँ ग्राहक सन्तुष्टि र नवप्रवर्तनमा अग्रसर रहन्छ ।” सन् १९९५ मा आफू अमेरिका पढ्दै गर्दा स्थापना गरेको कम्पनी आज सिक्सजी लन्च गर्न सफल भएको उनको भनाइ छ ।
-1762702326.jpg)
त्यस अवसरमा नोकियाका प्रतिनिधिले विश्व बजारमा वाईफाई ६ प्रविधिको प्रभाव र नेपालमा वर्ल्डलिंक–नोकिया सहकार्यले ल्याउने सम्भावनाबारे प्रकाश पार्दै नेपालमा अन्तर्राष्ट्रियस्तरको इन्टरनेट सेवा विस्तारमा यसले टेवा पुर्याउने बताए ।
कार्यक्रममा वर्ल्डलिंकले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ का लागि काठमाडौं गोरखा टोलीलाई शीर्ष प्रायोजकका रूपमा समर्थन गरेको घोषणा पनि गरेको थियो ।
सो क्रममा टोलीका प्रशिक्षक मोन्टी देसाई तथा व्यवस्थापन प्रतिनिधि सम्भव सिरोहिया र सुरजसिंह ठाकुरीले वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालबाट स्मृतिचिह्न ग्रहण गर्दै आगामी खेल सिजनका लागि शुभकामना प्राप्त गरे ।
शुभकामना मन्तव्यका क्रममा नेपालले वर्ल्डलिंकले प्रविधिक नेतृत्वसँगै खेलकुद र समुदायमा पनि निरन्तर योगदान दिइरहेको बताउँदै आगामी दिनमा नेपाललाई अझ 'स्मार्ट, द्रुत र जोडिएको देश' बनाउने प्रतिबद्धता व्यक्त जनाए ।
सन् १९९५ मा स्थापना भएको वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड नेपालकै सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक हो । देशभर भरपर्दो इन्टरनेट, डाटा जडान र विविध प्राविधिक समाधान उपलब्ध गराउँदै आएको कम्पनीले दुई दशकभन्दा बढी समयदेखि नवप्रवर्तन र उत्कृष्टतामार्फत नेपाललाई डिजिटल रूपमा सशक्त बनाउन निरन्तर अग्रसर छ ।
-1762702327.jpg)
-1762702325.jpg)
-1762702325.jpg)
-1762702326.jpg)
-1762702327.jpg)